सोतोकान कराते टोली भारत प्रस्थान

काठमाडौं। खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जिव वाइबा, सफल मगर, बादल लामा, सविर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरुङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायाना न्यौपाने, अब्रिस्ति महर्जन, नयना मानन्धर, सन्जना भुजेल, प्रविका मानन्धर, गुन्जन थापा, सुवेक्षा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिष्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा नेपाल सातोकान कराते संघका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बुधबारै विदाइ गरे ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया