हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान

हेटौंडा ।हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ब्लेस्ड चिल्ड्रेन्स होमका बालबालिकाहरुको शिक्षाका लागि केही सहयोग कार्य सम्पन्न गरेको छ ।
यस अन्तर्गत हेटौंडा ह्विल्सले बालबालिकाको सिकाई प्रक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ डेस्कटप कम्प्युटर प्रदान गरेको बताएको छ ।
आधुनिक विश्वसँग सधै कनेक्ट रहन र डिजिटल साक्षरतालाई अझै अगाडि बढाउनका लागि आवश्यक शैक्षिक सामग्री र प्रविधि उपलब्ध गराएर यसले बालबालिकाहरुलाई सहयोग पु-याउने अपेक्षा गरिएको हुन्डाई नेपालले जनाएको छ ।
स्थानीय समुदायलाई सहयोग गर्ने र सामाजिक विकासमा योगदान दिने हेटौंडा ह्विल्सको प्रतिबद्धताको यो एक अंश भएको हेटौंडा ह्विल्सले जनाएको छ ।
यस्तो महत्वपूर्ण सीएसआर पहलमा सहकार्य गरेकोमा हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभप्रति आभार समेत प्रकट गरेको छ ।














प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया