राष्ट्रपति रनिङ शिल्ड : योङ हार्ट्स र इस्टपोल च्याम्पियन

काठमाडौँ । गोकर्णेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ हार्टस् बोर्डिङ स्कुल गोकर्णेश्वर–८ र पुरुषतर्फ इस्टपोल मावि गोकर्णेश्वर–५ ले जितेका छन् ।
महिलातर्फ योङ हार्टस्ले तीन स्वर्ण र एक कास्यसहित प्रथम भयो भने, एक स्वर्ण र एक कास्य पदकसहित सरस्वती मावि दोस्रो भयो । एक स्वर्ण र एक रजत जितेको बाल सुधार मावि तेस्रो भयो । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोला प्रथाद्वारा छनोट गरिएको थियो ।
त्यसै गरी पुरुषतर्फ एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित इस्टपोल मावि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ हार्टस् बोर्डिङ दोस्रो र एक स्वर्ण, एक कास्यसहित मनकामना मावि तेस्रो भयो ।
महिला र पुरुषतर्फ जम्मा ६/६ ‘इभेन्ट’मा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, सितोरियो कराते काठमाडौँका जिल्ला अध्यक्ष शिवराम रन्जितलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया