राष्ट्रपति रनिङ शिल्ड : योङ हार्ट्स र इस्टपोल च्याम्पियन

काठमाडौँ । गोकर्णेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ हार्टस् बोर्डिङ स्कुल गोकर्णेश्वर–८ र पुरुषतर्फ इस्टपोल मावि गोकर्णेश्वर–५ ले जितेका छन् ।
महिलातर्फ योङ हार्टस्ले तीन स्वर्ण र एक कास्यसहित प्रथम भयो भने, एक स्वर्ण र एक कास्य पदकसहित सरस्वती मावि दोस्रो भयो । एक स्वर्ण र एक रजत जितेको बाल सुधार मावि तेस्रो भयो । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोला प्रथाद्वारा छनोट गरिएको थियो ।
त्यसै गरी पुरुषतर्फ एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित इस्टपोल मावि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ हार्टस् बोर्डिङ दोस्रो र एक स्वर्ण, एक कास्यसहित मनकामना मावि तेस्रो भयो ।
महिला र पुरुषतर्फ जम्मा ६/६ ‘इभेन्ट’मा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, सितोरियो कराते काठमाडौँका जिल्ला अध्यक्ष शिवराम रन्जितलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया