आजको राशिफलः वैशाख १२ गते आइतबार

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको १२ गते आइतबार, चैत्र शुक्लत्रयोदशी तिथि । आज महावीर जयन्ती । अब लागौं आजको राशिफलतर्फ
मेष
आत्मबलको विकाश हुने छ । नेतृत्वको अवसर प्राप्त हुने छ । दृढ ब्यक्तित्व हुने भएता पनि मनमा निरन्तर दुबिधा उत्पन्न भइरहने हुनाले उदासिनता देखा पर्ने छ । पेशागत जीवनमा सन्तोषको अवस्था रहने छ । आम्दानी सकारात्मक बन्ने छ ।
वृष
रिस नियन्त्रणमा राख्न नसके आफ्नो ब्यक्तित्वमा नकारात्मक प्रभाव देखा पर्न जाने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन र कमाईमा बृद्धि हुने छ । तल्लो पेट, मुत्रनली, गुदद्वार तथा महिलाको प्रसुतीसम्बन्धी विषयमा सतर्क रहनु होस् ।
मिथुन
पारीवारिक साथका कारण सुख सन्तोष मिल्ने छ । बिरोधिहरुले आक्रमण तिब्र पारे पनि उनीहरुसँग जुध्ने तागत प्राप्त हुने छ । भाग्यहिनताको आभाषले गर्दा कार्य सम्पादनमा बिलम्ब हुन जाने छ । दृढ ब्यक्तित्व हुने छ ।
कर्कट
छोटो छोटो यात्रा गर्नु पर्ने छ । अध्ययन अध्यापनमा बाधा ब्यवधानहरु उत्पन्न हुने छन् । साझेदारीमा गरिएका कामहरुबाट प्रतिफल प्राप्त हुने छ । ब्यवस्थापकीय खुबीमा बृद्धि हुने भएकाले पेशागत जीवनमा प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धित विषयमा सतर्क रहनु होला ।
सिंह
पारीवारिक मिलनको अवस्था आउने छ । पेशागत तथा ब्यवसायिक जीवनमा सफलता प्राप्त हुने छ । कार्य थालिएका विषयहरु सफलतातर्फ उन्मुख हुने छन् । भाग्य बलियो छ । प्रेममा सफलता मिल्ने छ । माथिल्लो पेट तथा छातिसम्बन्धी समस्याले पिरोल्ने छ ।
कन्या
सितल खालको ब्यक्तित्व हुने छ । आफूले सृजना गर्न सकेको आम्दानी तथा प्राप्त प्रतिफलका कारण ब्यक्तित्वमा दृढपना विकास हुने छ । तर पेशागत जीवनमा अस्थिरताको खतरा रहने छ । धन, सम्पत्ति तथा वित्तिय कमाई नोक्सान हुन जाने भएकाले सतर्क रहनु होला ।
तुला
पेशागत तथा ब्यवसायिक पक्षमा नोक्सानी हुने छ । यस विषयले मनमा उदासिनता बढाउने छ । जीवनसाथिको साथले अघि बढेमा नोक्सानीबाट बच्नुका साथै आम्दानीमा बृद्धि गर्न सकिने छ । तल्लो पेट तथा गुदद्वारसम्बन्धी विषयमा सतर्क रहनु होला ।
वृश्चिक
भाग्यको दरिलो साथका कारण आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका सपनाहरु पुरा हुने तर्फ केन्द्रित हुँदै जाने छ । ब्यक्तित्वमा दुबिधात्मक स्वाभाव देखा पर्ने छ । शारीरिक कमजोरी बढ्ने देखिन्छ । पेशागत तथा ब्यावसायिक जीवनमा भने केही उतार चढाव आउने छ ।
धनु
पेशागत जीवनमा नसोचिएका बाधा ब्यवधानहरु निम्तिने छ । पारीवारिक जीवनमा भने मिठास थपिने छ । धन सम्पत्तिमा सकारात्मकता थपिने भएता पनि साझेदारीमा गरिएका कार्यहरुमा भने बिबाद बढ्न सक्ने छ । छोटो छोटो यात्रामा जानु पर्ने हुन सक्छ ।
मकर
दाम्पत्य जीवनको सक्रियतामा भाग्यको बृद्धि हुने छ । जीवनसाथिको साथले भाग्य बलियो बन्दै जाने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । दृढ व्यक्तित्व हुने छ तर रिस र घमण्डलाई नियन्त्रण गर्ने प्रयास गर्नु होला । घर परीवारका सदस्यहरुले आफूमाथि विश्वास गर्ने छन् ।
कुम्भ
मनमा निराशा बढ्ने छ । चिसोले सताउला तथा पानीसँग सम्बन्धित विषयमा सतर्क रहनु पर्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । न्याय क्षेत्रमा रहेकाहरुको पेशागत ज जीवनमा शुभ समय रहेको छ । त्यसैगरी ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई पनि फाईदा हुने छ ।
मीन
प्रेम सफल हुने छ । दाम्पत्य जीवनमा मधुरता उत्पन्न हुने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । ब्यक्तित्वमा क्षिणपना आउने छ । भाग्यप्रति भरोसा भन्दा उदासिनता बढ्न जाने छ । सामाजिक सेवातर्फ मन लाग्ने छ । अध्ययनमा मन लाग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया