महुली लघुवित्तको एफपीओ बाँडफाँड
मेरोन्यूज
२०८१ पुष १९ गते १५:५०

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज पुस १९ गते एफपीओ बाँडफाँड भएको हो।
एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत एफपीओ बाँडफाँड गरिएको छ। जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तिनैमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् । यस्तै १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।
लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया