सोमबार, चैत २, २०८२

महुली लघुवित्तको एफपीओ बाँडफाँड

मेरोन्यूज २०८१ पुष १९ गते १५:५०

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज पुस १९ गते एफपीओ बाँडफाँड भएको हो।

एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत एफपीओ बाँडफाँड गरिएको छ। जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तिनैमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् । यस्तै १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।

प्रतिक्रिया