महिला क्रिकेटको विकास प्राथमिकतामा : अध्यक्ष चन्द

बैतडी । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन्।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा आजदेखि सुरू भएको प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट सङ्घले प्राथमिकता राखेको बताए ।
अध्यक्ष चन्दले भने, “महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट सङ्घले प्राथमिकतामा राखेको छ । महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना गरिरहेका छौँ ।”
पुरूष क्रिकेट मल्टी डे फरम्याटमा गइरहेको बताउँदै अध्यक्ष चन्दले महिला क्रिकेटलाई पनि वानडे फरम्याटमा लैजाने तयारी रहेको बताए। उनले भने, “नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान छ । यहाँ पूर्वाधारको अभाव छ । सरकारले यसमा ध्यान दिन जरूरी छ ।” लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात् प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताए । आजदेखि सुरू भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया