महिला क्रिकेटको विकास प्राथमिकतामा : अध्यक्ष चन्द

बैतडी । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन्।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा आजदेखि सुरू भएको प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट सङ्घले प्राथमिकता राखेको बताए ।
अध्यक्ष चन्दले भने, “महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट सङ्घले प्राथमिकतामा राखेको छ । महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना गरिरहेका छौँ ।”
पुरूष क्रिकेट मल्टी डे फरम्याटमा गइरहेको बताउँदै अध्यक्ष चन्दले महिला क्रिकेटलाई पनि वानडे फरम्याटमा लैजाने तयारी रहेको बताए। उनले भने, “नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान छ । यहाँ पूर्वाधारको अभाव छ । सरकारले यसमा ध्यान दिन जरूरी छ ।” लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात् प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताए । आजदेखि सुरू भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया