मंगलबार, वैशाख १६, २०८२

सुडानमा ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

मेरोन्यूज २०८१ पुष २० गते १३:२२

एजेन्सी । विश्व खाद्य कार्यक्रम (डब्लु.एफ.पी.) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लु.एफ.पी.ले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समय देखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडान बाट भाग्न बाध्य भएको जनाएको छ ।

डब्ल्यू.एफ.पी.ले चेतावनी दियो, “परिस्थिति झन् खराब हुन सक्छ । सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन् ।”

प्रतिवेदनका अनुसार करिब ७७ लाख मानिस मध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएको छ । डब्लु.एफ.पी. ले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषण बाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ । डिसेम्बर २०२४ मा, डब्लु.एफ.पी.ले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व–स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गर्यो ।

जनवरी सन् २०२४ देखि, डब्लु.एफ.पी.ले ४२ लाख मानिसलाई सहयोग गरेको छ । सन् २०२४ डिसेम्बर ११ मा, डब्लु.एफ.पी.ले खाद्य असुरक्षा, द्वन्द्व बाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति शुरु गर्यो ।

प्रतिक्रिया