सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
मेरोन्यूज
२०८१ पुष २१ गते १३:४८

काठमाडौं । सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ स्थित चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । सार्कीलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घरायसी विवादको क्रममा बुवा डोमान सिंहले गल प्रहार गर्दा ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लिलाबहादुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया