प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो ।
उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।
यसैबीच रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडामा लु।३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ मटेरियाका ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते हुनुभएका ट्याक्टर चालक समेत गरी दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स।१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र।१–०५–००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाईं गाउँपालिका–७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको आज दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया