कांग्रेस पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख १२ गते १३:२४

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।
पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।
पार्टीको १४औँ महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
––– रासस
सम्बन्धित








मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया