मुख्यमन्त्रीसमक्ष अध्ययन कार्यदलद्वारा प्रतिवेदन प्रस्तुत

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयन गरिने बताएका छन् ।
प्रदेश सरकारले गठन गरेकोे संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी २१ दिनभित्र अध्ययन गरी आवश्यक सुझाव लिखित रूपमा बुझाउन समेत निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले प्रतिवेदनमा औँल्याएका कानुन निर्माण, संशोधन र साझा र एकल अधिकार, मन्त्रालयको कानुन निर्माण, नियमावलीसम्बन्धी सुझाव दिनसमेत आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिए। उनले प्रतिवेदन प्रदेश संरचनासहित संघीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने बताए।
मुख्यमन्त्री कार्कीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्वको चरण सुरु भएकोमा खुसी छु , प्रदेशको आगामी हिउँदे अधिवेशनमा विधेयक, ऐन निर्माण, संशोधनलगायत थुप्रै विजनेश प्रदेशसभाले प्राप्त गर्ने तयारी सरकारले गरेको छ ।’ उनले प्राप्त प्रतिवेदन आगामी २१ दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रदेश सरकारले विसं २०८१ वैशाख २७ गते चुडामणि आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया