प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि

देउखुरी (दाङ)। लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ ।
भोलि बाँके—पाल्पा र नवलपरासी— रूपन्देहीबीच खेल हुनेछ । यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन्भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ । क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ ।
प्रतियोगिताका लागि दाङ क्रिकेट सङ्घले केही दिनअघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टोली घोषणा गरेको थियो । छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ । प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया