शेयर बजारमा १८ अंकको करेक्सन, कारोबार रकम ७ अर्ब ३० करोड

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव १४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी कम्पनीको २८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज रिभर फल्स पावरका लगानकिर्ताले ८ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २३ प्रतिशतका दरले गुमाएका हुने ।










पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया