सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८१ पुष २६ गते १२:३०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर बिक्री खुला गरेको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २६ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
सम्बन्धित














प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया