एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

काठमाडौं । एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा काठमाडौं – ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ । माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।
अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ । ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ ५० औँ स्थानमा परिसकेको छ । एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेशनमा परिसकेकाले क्लबीङ् व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।
व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ । क्लब नोमिनेशनमा परेसँगै भोटिङ्ग अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए । विगतका दिनमा जस्तै हामीले विभिन्न माध्यमबाट भोटिङ् अभियान चलाउने उनको भनाइ छ ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया