हनी सिंहको कन्सर्टको टिकट १० मिनेटमा सबै बिक्री

मुम्बई । सन् २०२४ मा भारतमा धेरै कन्सर्टहरू भएका थिए, जसमध्ये सबैभन्दा लोकप्रिय पञ्जाबी गायक दिलजीत दोसांझको ‘डिलुमिनाटी इन्डिया टुर’ बढी चर्चामा रहन गयो । दिलजीत पछि करण औजला, एपी ढिल्लनजस्ता धेरै कलाकारहरु देशभर घुम्न पुगेका थिए । अब यसैमा एउटा विशेष नाम थपिएको छ, यो यो हनी सिंहको ।
गायक तथा र्यापर हनी सिंह निकै चर्चित नाम हुन्, उनी लामो समयदेखि गायब थिए तर अहिले उनले बलियो कमब्याक गरिरहेका छन् । हनी सिंह छिट्टै भारत भ्रमणमा निस्कदैछन् । हालै उनले सामाजिक सञ्जाल पोष्टमार्फत आफू भारत भ्रमणमा निस्कन लागेको बताएका छन् ।
हनी सिंहले फेब्रुअरीदेखि आफ्नो ‘मिलियनेयर टुर’ सुरु गर्ने जनाएका थिए । जसअनुसार उनले भारतका १० सहरमा आफ्नो प्रस्तुति दिनेछन् । यस कन्सर्टको टिकटहरू जनवरी ११ बाट विक्रीका लागि खोलिएको थियो । तर, इन्डिया टुडेका अनुसार सबै टिकटहरू १० मिनेटमा बिक्रि हुन पुगेर नयाँ रेकर्ड कायम गरेको छ। इन्डिया टुडेका अनुसार जोमाटोको डिस्ट्रिक्ट एप मार्फत शोको टिकट बिक्री गरिएको थियो । जसमा दर्शकको माग बढ्दै गएपछि मूल्य बढाइएको थियो । १ हजार ४ सय ९९ रुपैयाँको टिकट दरलाई बढाएर २ हजार ५ सय रुपैयाँ र ६ हजार ५ सय रुपैयाँको टिकटको मूल्य ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो तर पनि सबै टिकट एकैछिनमा बिक्री भयो ।
हनी सिंहको भ्रमणको पहिलो गन्तव्य मुम्बई हुनेछ। यसपछि उनीहरु अन्य सहरमा जानेछन् । २२ फेब्रुअरी बाट सुरु हुने ‘द मिलियनेयर टुर’ अप्रिल ५ सम्म चल्ने र्यापर आफैले आफ्नो आधिकारिक सोशल मिडिया एकाउन्टमार्फत जानकारी दिएका छन्।
हनी सिंहको भ्रमणका सहरहरूको बारेमा कुरा गर्दा २२ फेब्रुअरीमा मुम्बईबाट सुरु हुनेछ, त्यसपछि गायक २८ फेब्रुअरीमा लखनउमा हुनेछन्। हनी सिंहले मार्च १ मा आफ्नो शहर दिल्लीमा प्रदर्शन गर्नेछन्, त्यसपछि मात्रै उनी इन्दौर जानेछन्, जहाँ उनको शो ८ मार्चमा हुन लागेको छ । थप शोहरू भने मार्च ४ मा पुणे, मार्च १५ मा अहमदाबाद, मार्च २२ मा बेंगलुरु, २३ मार्च चंडीगढ़ र २९ मार्चमा जयपुरमा प्रदर्शन गर्नेछन्।
अन्तिम दिनमा भने उनको कन्सर्ट कोलकातामा समाप्त हुनेछ, जुन अप्रिल ५ मा हुन लागेको छ ।
टूरको घोषणासँगै हनी सिंहले कथा पनि सेयर गरेका छन्, जसमा उनले लेखेका छन्, ‘शान्त हुनु कुनै पनि आवाजको अन्त्य होइन, यो यसको सुरुवात हो। यो त्यो ठाउँ हो, जहाँ जीवन आफै सुन्न रोकिन्छ। त्यसैले म धेरै वर्ष चुपचाप बसेँ । अब तपाईले मलाई जताततै सुन्नुहुनेछ, हरहर महादेव।’
यो भ्रमण हनी सिंहको पहिलो भारत भ्रमण हो। हालै हनी सिंहको डकुमेन्ट्री पनि रिलिज भएको थियो, जसको नाम ‘हनी सिंहः फेमस’ थियो, जुन नेटफ्लिक्समा रिलिज भएको थियो।
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया