आइतबार, फागुन ३, २०८२

केन्द्रीय सदस्य दिपेन्द्रसहित जनमत पार्टीका दर्जनौं नेता जसपा नेपालमा प्रवेश

मेरोन्यूज २०८१ पुष २८ गते १६:३०

जनकपुरधाम। जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरु प्रवेश गरेका हुन् ।

जनमत पार्टीका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, नरेश यादव लगायत जनमतका नेताहरु जसपा नेपालमा प्रवेश गरी पार्टी सदस्यता लिएका छ्न्।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गराएका थिए ।

प्रतिक्रिया