लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने

सिरहा । सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यायलका शिक्षकहरूलाई तालिम दिन सुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए ।
प्रमुख कटुवालका अनुसार ३५/३५ जनाको समूह बनाई पहिलो समूहलाई यही पुस २४, २५ र २६ गते तालिम दिइसकिएको र दोस्रो समूहको तालिम आजदेखि सुरु गरिएको छ । यस अभियानले फरक क्षमता भएका बालबालिकाको पहिचान र समयमै उपचार गरी शिक्षण सिकाइमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । “हामीले बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गताको अवस्था पहिचान गर्न लागेका छौँ । कुनै पनि बालबालिका एकअर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन्”, प्रमुख कटुवालले भने, “त्यसैले उनीहरूरुको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले नियमित क्रियाकलापमा परिरहेको असर समयमै पहिचान गर्न सके उपचार गर्न र विशेष सीप सिकाउन सजिलो हुन्छ ।”
नगरप्रमुख महेशप्रसाद चौधरीले शिक्षकलाई दिइएको यस प्रकृतिको तालिमले फरक क्षमता भएका बालबालिकाको अवस्था, रुचि र आवश्यकता पहिचान गरी सोहीअनुसार पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बालबालिकामा उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसरका लागि क्रियाशील हुन नगरपालिकालगायत सरोकारवालालाई पनि यसले सहजता प्रदान गर्ने उनको भनाइ छ ।

















रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया