बार्सिलोनाले जित्यो सुपर कप

रियाद । बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरेबियामा भएको खेलमा पछि परेको बार्सिलोनाले उत्कृष्ट कम ब्याक गर्दै खेल ५-२ ले आफ्नो पक्षमा पारेको हो ।
पाँचौँ मिनेटमा नै केलिएन एम्बाप्पेले एकल प्रयासमा सानदार गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा रोबर्ड लेडवास्कीले उपलब्ध गराएको बललाई उपयोग गर्दै लामिन यमालले बराबरी गोल गरेका थिए ।पहिलो हाफमा नै थप तीन गोल गर्दै बार्सिलोनाले खेललाई आफ्नो पक्षमा पारेको हो ।
३६ औँ मिनेटमा जाभीलाई लडाएपछि पाएको पेनाल्टीलाई उपयोग गर्दै लेडवास्कीले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै राफिन्हाले गोल गरे ।
ब्राजिलियन खेलाडी राफिन्हाले पहिलो हाफमा थपिएको इन्जुरी समयको १० औँ मिनेटमा दिएको पासमा अलेजान्द्रो बाल्डेले गोल गरे । दोस्रो हाफको तेस्रो मिनेटमा ती नै राफिन्हाले गोल गरे ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया