सप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको छ ।
सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का दिनेशकुमार राउतले ‘कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह हुने’ जनविश्वास रहेको बताए । यस दिन बिहान कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलनसमेत छ ।
कोशी नदीलाई कौशिका माताका रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । रोशनकुमार कर्णले कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद–बिक्री हुने गरेको छ ।
यो मेलामा सप्तरीको सप्तकोशी, हनुमाननगर कङकालिनी र राजविराज नगरपालिकासहित सुनसरीको कोशी गाउँपालिका र भारतको विहार राज्यको सुपोल जिल्लाका भक्तजन मेला भर्नेहरु आउने गर्दछ ।

















PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया