अवैध हतियार कारोबारमा संलग्न प्रहरीका जवान सहित ८ जना पक्राउ

पर्सा । जिल्लाको विरगन्ज महानगरपालिकाबाट अवैध लागुऔषध र हतियार कारोबार गर्ने एक प्रहरी जवान सहित ८ जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीले रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट स्वचालित २ थान पेस्तोल , ४ थान म्याग्जिन, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाएको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया