बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी। क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् ।
पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरुले पनि यसलाई पुष्टि गरेको छ ।
यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिवासमा दोश्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ । पालिकामा खेलाडीहरुको पहिचान र नविन खेलाडीहरुको उत्पादन गर्ने उदेश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समुहको आयोजनामा पालिकाका १३ समूहविच प्रतियोगिता हुँदै छ ।
४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।
माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजवाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएतापनि क्रिकेटमा खेलाडीहरुको उत्पादन गर्नु नै प्रमुख उदेश्य रहेको छ ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया