जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि

काठमाडौं । मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ।
हिजो दोस्रो इनिङ्स खेलेको पुलिसले ९ विकेटको क्षतिमा १३२ रन बनाएको अवस्था छ। पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन्। आज अन्तिम दिनको खेल बिहान ९:३० बजे वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा हुनेछ।हिजोको खेलमा पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउँदा दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे। बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिए। बसिर अहमदले चार विकेट हात पारे।
यसअघि पहिलो दिनको खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा १३३ रन बनाउँदै पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। आर्मी दोस्रो दिन एक सय ७० रनमा अलआउट भएको थियो।चार टिम सहभागी प्रतियोगितामा मधेश र बागमती प्रदेश टिमलाई पछाडि पार्दै आर्मी र पुलिस फाइनल पुगेका हुन्। सुरुवाती खेल क्यानले दुई दिवसीय खेलाए पनि फाइनल तीन दिनको हो।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया