जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि

काठमाडौं । मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ।
हिजो दोस्रो इनिङ्स खेलेको पुलिसले ९ विकेटको क्षतिमा १३२ रन बनाएको अवस्था छ। पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन्। आज अन्तिम दिनको खेल बिहान ९:३० बजे वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा हुनेछ।हिजोको खेलमा पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउँदा दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे। बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिए। बसिर अहमदले चार विकेट हात पारे।
यसअघि पहिलो दिनको खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा १३३ रन बनाउँदै पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। आर्मी दोस्रो दिन एक सय ७० रनमा अलआउट भएको थियो।चार टिम सहभागी प्रतियोगितामा मधेश र बागमती प्रदेश टिमलाई पछाडि पार्दै आर्मी र पुलिस फाइनल पुगेका हुन्। सुरुवाती खेल क्यानले दुई दिवसीय खेलाए पनि फाइनल तीन दिनको हो।











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया