बुधबार, चैत ४, २०८२

बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

मेरोन्यूज २०८१ माघ ३ गते १५:१३

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए।

Advertisement
nepal life insurencenepal life insurence

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिए ।

प्रतिक्रिया