सैफ अली खानमाथि हमला गर्ने पक्राउ

मुम्बई । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खानको घर तोडफोड गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए । उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया