सैफ अली खानमाथि हमला गर्ने पक्राउ

मुम्बई । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खानको घर तोडफोड गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए । उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन् ।
















परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया