पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

रावलपिण्डी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।”
खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।
भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।
उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएको थियो भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएको थियो ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया