यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।
उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।” निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए ।
चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उनको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए । “यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो । समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ ।
यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भने । ‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन् ।
हिमाल कडरिया निर्माता रहनुभएको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया