युद्धविराम अघि गाँजामा इजरायलको हमला जारी
मेरोन्यूज
२०८१ माघ ६ गते १२:२३

गाजा। इजरायली सेनाले गाजामा आक्रमण गरिरहेको छ।
प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार इजरायली सेनाले मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा आवासीय भवनहरू उडाएको छ।
इजरायली सेनाले उत्तरी गाँजा सहरमा हवाई आक्रमण र दक्षिणी रफाह सहरमा गोलाबारी समेत गरेको उल्लेख छ । हताहतको बारेमा तत्काल कुनै जानकारी आएको छैन।
इजरायल हमास युद्धविराम लागू हुन केही घण्टा बाँकी रहेका बेला यी आक्रमणहरू भएका हुन्।
प्यालेस्टिनी सिभिल डिफेन्सले बुधबार युद्धविराम सम्झौता घोषणा भएदेखि इजरायली सेनाले कम्तीमा १२२ प्यालेस्टिनीहरूलाई मारेको जनाएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया