प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भुसाललाई
मेरोन्यूज
२०८१ माघ ६ गते २१:३८

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन् ।
४ माघमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन् ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ को नियम ५ ‘ग’ बमोजिम डा. भूसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।
१ पुसमा कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ।
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया