डोटीमा १२ श्ययाको आइसोलेशन स्थापना

डोटी । डोटी जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको उक्त आइसोलेशन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पतालमा निर्माण गरिएको उक्त १२ श्ययाको आइसोलेशन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना सङ्क्रमितलाई राखेर उनीहरुको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ । जिल्लामा रहेका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेशन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले अहिलेसम्म क्वारेन्टिन स्थापना गर्न सकेका छैनन् । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक महिनाको अवधीमा भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका कम्तीमा पनि आठ व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । यहाँका अधिकांश सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरीभराउ भएका छन् ।
–––रासस












कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बराबद
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया