डोटीमा १२ श्ययाको आइसोलेशन स्थापना

डोटी । डोटी जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको उक्त आइसोलेशन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पतालमा निर्माण गरिएको उक्त १२ श्ययाको आइसोलेशन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना सङ्क्रमितलाई राखेर उनीहरुको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ । जिल्लामा रहेका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेशन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले अहिलेसम्म क्वारेन्टिन स्थापना गर्न सकेका छैनन् । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक महिनाको अवधीमा भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका कम्तीमा पनि आठ व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । यहाँका अधिकांश सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरीभराउ भएका छन् ।
–––रासस
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया