‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

घोराही (दाङ)। दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गरेका हुन् । गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उनले बताए । अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजिकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्साल बताउँछन् ।
“हरेक दिन हेल्प डेस्कमा बस्छु”, उनले भने । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भइ सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्सालले बताए । अन्य कार्यालयको सहयोग लिएर सहजिकरण गर्ने काम समेत गर्दै आएको उनको भनाइ छ । प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रुपमा आफ्नो कुरा राख्न पाएका छन् ।
लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुशी लागेको बताउँछन् । छयहत्तर वर्षीया जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन गएको थियो ।
“छोराको तीन वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहारबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु”, हेल्प डेस्कमा उनले समस्या प्रजिअलाई सुनाउँदै थिए ।
जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै थिए । आफनो समस्या समाधान हुनेमा उनी आशावादी थिए ।
जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताए । हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रुपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा नागरिकलाई सहज भएको उनको भनाइ थियो । यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।












नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया