पूर्वसांसद पौडेललाई मष्तिष्काघात
मेरोन्यूज
२०७८ वैशाख १३ गते १४:०७

काठमाडौँ । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् ।
अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । पक्षाघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले राससलाई जानकारी दिए ।
सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।
सम्बन्धित
















कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया