पूर्वसांसद पौडेललाई मष्तिष्काघात
मेरोन्यूज
२०७८ वैशाख १३ गते १४:०७

काठमाडौँ । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् ।
अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । पक्षाघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले राससलाई जानकारी दिए ।
सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।
सम्बन्धित









पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया