मकवानपुरबाट भरुवा बन्दुकसहित १ जना पक्राउ
मेरोन्यूज
२०८१ माघ १० गते ११:५८

बागमती । भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो ।
अनुमतिपत्र नलिई भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा निजबाट फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुदजस्तो देखिने पाउडर ३०५ ग्राम, ढुङ्गाको जस्तो देखिने वस्तु २४ थान, एउटा खुकुरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ ।
सम्बन्धित
















नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया