वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका-१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।
पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया