झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता
मेरोन्यूज
२०८१ माघ १० गते २१:२३

झापा ।झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको उनले बताए ।
उनका अनुसार जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको उनले बताए ।
विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व सङ्कलन गरेको छ ।
सम्बन्धित















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया