विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ माघ ११ गते १२:३९

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला छन् ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा सोही नगरपालिका-७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
रौतहट, देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित माछा पोखरीमा कटहरीया नगरपालिका-५ बस्ने ५८ वर्षीय रामचन्द्र राय यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया