महोत्तरीको बर्दिवासमा लगाईने भनिएको महोत्सव विवादित

महोत्तरी। महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने बिषय विवादित बनेको छ ।
उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको वेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको हो ।
आधा दर्जन संघ, संस्थाहरुले महोत्सवको लागि निवेदन दिएसँगै विवाद सावधानको लागि नगरले माघ- ८ गते उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा सात सदस्य गठन समेत गरेको थियो ।
तर, सवै संघ, संस्थाको प्रतिनिधित्व हुनेगरी बनेको समितिले महोत्सव कस्ले लगाउने भन्ने सम्बन्धमा सहमति निकाल्न नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको समितिका संयोजक विष्णु खड्काले जानकारी दिए ।
असहमतिका वावजुत पनि नगरले हाम्रो माया घरलाई अनुमति दिएपछि स्थानीय व्यापारीले आन्दोलनको तयारी गरेका छन् । ‘हजारौ व्यापारीको साझा संस्था उधोग वाणिज्य संघलाई अनुमति नदिइकन हाम्रो माया घरलाई अनुमति दिनु त्यति उचित देखिँदैन ।’ स्थानीय व्यापारी बिष्णु पुरीले भने, ‘यो विषयमा नगरले पुनरावलोकन गर्नुपर्छ ।’
महोत्सवबाट आर्थिक कलेक्सन मात्र हैन परिमार्जन गर्नुपर्ने थुप्रै विषयवस्तु भएको बताउँदै होटल पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले महोत्सवलाई पैसा आर्जन गर्ने नाममा कसैलाई पनि विकृत बनाउने छुट नभएको बताए ।
आवस्यक परे कालो झण्डा देखाएर अहिले लगाउने भनिएको महोत्सवलाई विरोध गर्न समेत बाध्य हुनुपर्ने उनको भनाई छ ।
तर, नगरले भने कसैलाई काखा र कसैलाई पाखा नगरी सामाजिक प्राथमिकतालाई आधार वनाईएको बताएको छ । ‘माया घरको योजना र दिर्घकालिन भविष्य निक्कै शुन्दर छ त्यसैले हाम्रो माया घरको लागि सवैले सहयोग गर्नुपर्छ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
यता महोत्सवको विषयमा व्यापारीहरुले विरोध जनाएपछि हाम्रो माया घरले पनि छलफल प्रक्रिया अगाडी बढाएको छ । आज नै उधोग बाणिज्य संघलाई माया घरले सहयोगको लागि पत्र पठाएको सचिव चेत कुमार थापाले बताए ।
‘विरोध छ भन्ने सुनेको छु तर हाम्रो पत्रको उधोग वाणिज्य संघले आधिकारिक जवाफ दिएको छैन,’ सचिव थापाले भने, ‘हामी छलफलबाट अगाडी बढछौं ।’
उधोग वाणिज्य संघको आजको बैठकमा बस्तुगत संस्थाले समेतविरोध जनाएका छन् । माया घरलाई अनुमति दिनु अपरिपक्क भएको वताउदै अविलम्ब उक्त निर्णय सच्याउन माग गरेका छन् ।









‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया