उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड
मेरोन्यूज
२०८१ माघ १२ गते १०:१७

घोराही ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाट कार्यक्रममा उनले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गरे ।उनले शिक्षालाई सीप र सीपलाई जीवनसँग जोड्नुपर्ने बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी बनाउन शिक्षालय परिवारलाई आग्रह गरे ।
शहीद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताए ।
सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित शहीद इच्छुकको प्रतिमामा माल्यार्पण गरेका थिए ।
सम्बन्धित

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया