उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड
मेरोन्यूज
२०८१ माघ १२ गते १०:१७

घोराही ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाट कार्यक्रममा उनले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गरे ।उनले शिक्षालाई सीप र सीपलाई जीवनसँग जोड्नुपर्ने बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी बनाउन शिक्षालय परिवारलाई आग्रह गरे ।
शहीद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताए ।
सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित शहीद इच्छुकको प्रतिमामा माल्यार्पण गरेका थिए ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया