८४ पछिमात्रै सरकार परिवर्तन हुन्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।
अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।
त्यस्तै उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबी समेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।
पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पुँजीगत खर्च बढ्ने जिकिर गरे ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया