रौतहट प्रहरी द्वारा एकैदिनमा १७ जना प्रतिवादी पक्राउ

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका १७ जना प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। बिभिन्न मुद्दामा उनीहरुलाई ८लाख ७८ हजार रुपैयाँ भन्दा बढी जिल्ला अदालत रौतहटले जरिबाना समेत गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताएका छन्।
पक्राउ पर्नेहरुमा नागरिकता मुद्दामा नन्दलाल सिन्हा, जयमंगल यादव, देवकी लाल यादव, विरेन्द्र यादव, तेज नारायण यादव, कुटपिट अङ्गभङ्ग मुद्दामा सरिता देवी, प्रभा देवी, लड़ाई यादव, रामाप्रवेश ठाकुर, ठगी मुद्दामा शेख चाँद अलि, कुटपिट मुद्दामा शेख रोस्तम, शहनाज खातुन, जौबुन खातुन, शेख ईस्लाम र किशोरी ठाकुर रहेको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस आर्थिक वर्षभित्र झण्डै तीनसय जना लाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया