भोजपुरमा साढे आठ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिका स्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेका आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१ स्वास्थ्य संस्था र नौ समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताए । यसका लागि दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने छ ।खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिका स्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभीविरुद्धको खोपले पाठेघरको मुख क्यान्सर जोगाउने स्वास्थ्यकर्मीको भनाइ छ ।















इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया