संघर्षका दिन सम्झिँदै शाहिद कपुरले भने- कपडा किन्न समेत पैसा थिएन

काठमाडौं। बलिउड अभिनेता शाहिद कपुरले फिल्म उद्योगमा प्रवेश गर्दाको संघर्षको बारेमा खुलासा गरेका छन् ।
हालै एक पोडकास्टमा अन्तरवार्ता दिने क्रममा अभिनेताले फिल्म क्षेत्रमा प्रवेश गर्न आफुले २५० अडिसन दिनुपरेको बताए ।
‘चलचित्र क्षेत्रमा प्रवेश गर्न मैले २५० बढी अडिसन दिएकाे छु । मलाई सधैं लाग्थ्यो कि परिस्थितिले मलाई कहिल्यै साथ दिएन। मेरा बुबा पंकज कपूर सन् १९८० देखि फिल्म उद्योगको हिस्सा हुनुहुन्छ। यति हुँदाहुँदै पनि म परिवारमा हुर्किन ।’ शाहिदले भने, ‘म तीन वर्षको हुँदा मेरो आमाबुवाको सम्बन्ध विच्छेद भयो। सानैदेखि म आमा नीलिमा अजिमसँग बस्दै आएको छु ।’
एक समयमा आफुसँग कपडा किन्न समेत पैसा नभएको शाहिद बताउँछन् । ‘आज मानिसहरू भन्छन् कि शाहिदको फेसन सेन्स धेरै राम्रो छ । कहिलेकाहीँ म यी कुराहरूमा हाँस्छु, किनकि मलाई याद छ एक समय थियो जब मसँग लोखंडवालाबाट लुगा किन्न पैसा पनि थिएन।’
शाहिद कपूरको पहिलो फिल्म इश्क विश्वास सन् २००३ मा रिलिज भएको थियो ।
अभिनेताले आफूलाई धेरै पटक तल्लो तहको महशुस गराइए पनि त्यसको विरुद्धमा कडा मेहनत गरेर उद्योगमा नाम कमाएको बताए ।
शाहिद अन्तिम पटक फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’मा देखिएका थिए। फिल्ममा शाहिदसँगै कृति सेनन पनि मुख्य भूमिकामा देखिएकी थिइन् ।
शाहिद आगामी फिल्म ‘देवा’मा देखिनेछन् । यो एक एक्शन थ्रिलर हो र अभिनेतासँगै पूजा हेगडे मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको ट्रेलर १८ जनवरीमा रिलिज भएको छ । यो फिल्म सन् २०२५ को भ्यालेन्टाइन डे को अवसरमा हलमा रिलिज हुनेछ ।














काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया