भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई

डुम्रे (तनहुँ । यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।
भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।
प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्या निकुञ्जले रनिङ सिल्डसहित नगद पुरस्कार २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।
त्यसैगरी कालिकाले २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गरेका थिए ।
नगर प्रमुख त्रिपाठीले प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताए । उनले भने, “खेलकुदको माध्यमबाट बालबालिकालाई प्रोत्साहन पनि मिल्नेछ ।”

















प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया