कानुनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिच्किचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरे।
नेपाल निजामती कर्मचारी सङ्गठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरे।
‘कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ,’ उनले भने।
सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो। काठमाडौँ तराई–मधेश द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन–पोखरा तथा, नारायणघाट–बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरे।
बिपी राजमार्गसहितका सडकहरु बाढी–पहिरोले क्षत–विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरे।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी सङ्गठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताए। कर्मचारी अगुवाहरुले संसद्को आगामी अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए।










राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया