बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्यो सात गोल

काठमाडौं । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा गरेको छ। शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल गर्नुका साथै दुई एसिस्ट गरेपछि बार्सिलोना ७–१ ले विजयी भएको हो।
दोस्रो मिनेटमा नै फ्रान्क डी जोंगले बटम कर्नरमा प्रहार गर्दै शानदार गोल गरेका थिए। त्यसको पाँच मिनेटपछि नै फर्नान टोरेसले अर्को गोल थपे।राफिन्हाले खाली पोस्टमा गोल गरेपछि बार्सिलोना १४ औँ मिनेटमा तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। फर्मिन लापेजले २४ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।
खेल सकिन ३० मिनेट बाँकी रहँदा डिएगो लोपेजको क्रसमा हुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे। त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्ट लेडवास्कीले गोल गरे।यो सिजनको लिगमा उनले बार्सिलोनाका लागि १७ औँ गोल गरेका हुन्। बार्सिलोनाको अन्तिम गोल सेसर टारेगाले गरे। बार्सिलोनाले लिगमा यसअघि सन् २०२४ को अगस्टमा रियल भालाडोलिडलाई ७ -० ले हराएको थियो।
अन्य खेलमा रायो भाल्कानोले गिरोनालाई २-१ ले हरायो भने गेटाफेले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। एथलेटिक क्लब र लेगानेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
तालिकाका रियल म्याड्रिड ४९ अङ्कसहित पहिलो स्थानमा छ भने एथलेटिको म्याड्रिड ४५ अङ्कसहित दोस्रो तथा बार्सिलोना ४२ अङ्कसहित तेस्रो स्थानमा छन्।









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया