बाँकेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण

नेपालगञ्ज। बाँकेका आठ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ ।
जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै एक हजार तीन सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
“अझै पनि कम्बल वितरण जारी रहेको छ, तर सबै विस्तृत विवरण आएको छैन”, उनले भने । वितरण गरिएका कम्बलमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा पाँच सय ८४, कोहलपुर नगरपालिकामा चार सय ७५ र खजुरा गाउँपालिकामा तीन सय थान वितरण गरिएका छन् । यसबाहेक अधिकांश स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने प्रबन्धसमेत गरिएको छ । केही ज्येष्ठ नागरिकलाई फाइबर सिरकसमेत वितरण गरिएको थियो । माघको दोस्रो साताबाट चिसो बढेपछि उनीहरुलाई कम्बल वितरण गरिएको हो ।
केही दिनअघि बसेको बाँकेको विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६१ क्विन्टल दाउरा खरिद गरेर जिल्लाका विभिन्न स्थानीय तहमा वितरण गरिएको छ ।
सूचना अधिकृत ज्ञवालीले जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा २०, खजुरा गाउँपालिकामा दुई सय, जानकी गाउँपालिकामा तीन सय ५०, राप्तीसोनारीमा एक सय, जिल्ला विपद् व्यवस्थापन समितिमा दुई सय र नेपाल रेडक्रस सोसाइटी बाँकेमा एक सय कम्बल मौज्दात रहेका छन् ।
चिसो बढेपछि यहाँका निजी तथा सरकारी विद्यालयले यही माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए । दिनहुँजसो बिहानको समयमा नेपालगञ्ज आसपासमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया