नेयमारले छाडे साउदी क्लब अल हिलाल, अब कता ?

काठमाडौं। ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् ।
क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर रहदैँ आएका छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र ७ खेले खेल्न सकेका थिए । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए ।
नेयमारले ब्राजिलबाट हालसम्म ७९ अन्तराष्ट्रिय गोल गरिसकेका छन् । उनी अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि उनी सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी पुगेका नेयमार साउदी क्लब छाडे पछि कता जाने हो ? अहिलेसम्म केही खुलाइएको छैन ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया