सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित

धनगढी । सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न साधारण सभाद्धारा ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले सो साधारण सभाको उदघाटन गर्नु भएको थियो । कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिब प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई समितिको सदस्य मनोनित गरियो ।
विगत सोह्र वर्षदेखी मोटरस्पोर्टस्, अटोमोवाइल मोविलिटि, सडक सुरक्षा, र अटोमोवाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोवाइल्स एसोसिएसनको सुदूरपश्चिम प्रदेश संघको रुपमा दर्ता भएको सो सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा आवद्ध रहेकोे छ ।
साधारण सभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ र्याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ ।
कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिब विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिब आशिष रौनियारले नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनु भएको थियो । एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूका क्यालेण्डर बारेमा प्रकास पार्नु भएको थियो ।















इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया