सहिद सप्ताहको अन्तिम दिन स्मृतिसभा

काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञातअज्ञात सहिदहरूको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ ।
स्मृतिसभा सुरु हुनुअघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहल हुँदै लैनचौर पुगेर स्मृतिसभामा परिणत भएको थियो ।
श्रद्धाञ्जलीसभामा महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, सहिदहरूको बलिदानीबाट प्राप्त राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनुपर्नेमा जोड दिए । राष्ट्रियता र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शकका रूपमा रहेका उनले धारणा राखिन् ।
“सहिदहरूको योगदान स्मरण गर्दै कामपाले संरचना निर्माण गर्ने तथा सहिदको नाममा सेवा सञ्चालन गर्ने काम भइरहेका छन् । धर्मभक्त पार्क, माथेमाको नाममा मानव सेवा आश्रम निर्माण, सहिद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलगायत काम कामपाले गरिरहेको छ”, उनले भनिन् ।
“हुुकुमी शासनको अन्त्य गर्न जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरूले आफ्नो प्राण आहुति दिएपछि प्राप्त भएको वर्तमान अवस्था हामीले उपभोग गरिरहेका बताउँदै उपप्रमुख डङ्गोलले लोकतान्त्रिक कानुनी शासन नै सहिदका सपना भएकाले सबैले सुशासन र कानुनी शासनलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।
सहिद सप्ताह समारोह समितिका संयोजक ख्यामराज तिवारीले भने, “अहिलेको शासन, स्वतन्त्रता र स्वाधीनता सहिदहरूको बलिदानीबाट प्राप्त भएको हुनाले यसको गरिमा बचाउनु राजनीतिकर्मी तथ सबैको दायित्व हो ।”
माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार जना र अन्य ज्ञातअज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आइएको छ ।
विसं २०१२ देखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहमा कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष माघ १० गतेअर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभाभगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा रहेका सहिदको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृतिसभा गरिएको थियो ।
चार सहिदका सालिकमध्ये महानगरपालिकाले विसं २०७५ मा शास्त्रीको र विसं २०७६ मा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरिसकेको छ । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भिक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो ।
राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा विसं १९९७ माघ १० गतेदेखि १५ गतेबीच चार जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया