पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबल लिगको उपाधि
मेरोन्यूज
२०८१ माघ १६ गते १६:४६

काठमाडौं । एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफका सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १–१ गोल गरे।
एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
सम्बन्धित
प्रतिक्रिया